नेपाललाई दीर्घकालीन रूपमा अगाडि बढाउने खाका नै तयार भएकाे छैन -पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

नेपाललाई दीर्घकालीन रूपमा अगाडि बढाउने खाका नै तयार भएकाे छैन -पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

केन्द्रबिन्दु
154
Shares

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले दीर्घकालीन रूपमा मुलुक अगाडि बढाउने खाका नै तयार हुन नसकेकाे दाबी गरेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा प्यानल डिस्कसनका क्रममा पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताएका हुन् । ‘दीर्घकालीन रूपमा मुलुक अगाडि बढाउने खाका नै तयार भएकाे छैन ।’ उनले भने,‘अहिलेसम्म मुलुक अगाडि बढाउने खाका नै तयार हुन नसकेकाे र राजनीतिक पार्टी मिलेर जान नसक्दा समस्या भयाे ।’

साथै पूर्वगभर्नर क्षेत्रीले अहिले नेपालका युवाहरु स्वतन्त्रता खाेज्नकाे लागि विदेश जान थालेकाे पनि उनले बताए । ‘बाहिर पढ्न जाने विषय अहिलेकाे समयमा नयाँ छैन । स्वतन्त्रता खाेज्नकाे लागि पनि युवायुवती विदेश जान थाले, नेपालमा नै केही गर्नुपर्छ भनेर युवालाई राेक्न नसकिने अवस्था बनेकाे छ ।’

यसरी युवाहरु विदेशिँदा बढ्दाे संख्यामा मुद्रा बाहिरिएर अर्थतन्त्रमा पनि समस्या परेकाे उनकाे भनाई छ । ‘चालू आर्थिक वर्षको सात महिनामा ६६ अर्ब रूपैयाँ रकम विदेशिएकाे छ, तथ्यांकसँग तुलना गर्दा पनि विदेशबाट रेमिट्यान्स भित्रिए जस्तै, नेपाली विद्यार्थी पनि पैसा लिएर गइरहेका छन् ।’पूर्वगभर्नर क्षेत्रीले भने ।

Logo