राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त

केन्द्रबिन्दु
238
Shares

नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त भएका छन् । राष्ट्र बैंककै उच्च तहकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको हो ।

पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमा निर्देशक थानेश्वरले बैंकका उच्च महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको खुलेको थियो । मदिरामा सेवन गरेको अवस्थामा उनले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएको हो ।

त्यसपछि केही समय गुपचुप रहेको यो घटना गभर्नर महाप्रसाद अधिकारीसमक्ष पुगेपछि आन्तरिक रुपमा अनुसन्धान चलिरहेको थियो । राष्ट्र बैंक मानव संशाधन विभागले आज आचार्यलाई बर्खास्त गरेकाे हो ।

Logo