आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ। मंगलबार सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे मूल्य ७ सय रूपैयाँले बढेकाे हाे।

साेमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेकाे छ। साेमबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले बढेर १ हजार ५ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo