आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ। बुधबार सुनकाे मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनकाे मूल्य स्थिर रहेकाे जनाएकाे छ। मंगलबार १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै बुधबार भने चाँदीको मूल्य घटेकाे छ। मंगलबार प्रतितोला १ हजार ५ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ५ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo