आज सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
420
Shares

काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ। बुधबार स्थिर रहेकाे सुनकाे मूल्यले बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेकाे छ। बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ५ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo