तीन कम्पनीको वार्षिक साधारणसभा आज

तीन कम्पनीको वार्षिक साधारणसभा आज

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। आज विभिन्न तीन कम्पनीले वार्षिक साधारण सभा गर्दैछन्। शिखर इन्स्योरेन्स, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले सभा बोलाएका छन्।

शिखर इन्स्योरेन्सको साधारणसभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा सभा बोलाएको छ। सभाले किसान लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ। कम्पनीले सभा प्रयोजनका लागि फागुन २४ गते बुक क्लोज गरेको थियाे। फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

यस्तै किसान लघुवित्त वित्तीय संस्थाले ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा सभा बोलाएको छ। सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ। फागुन २६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन्। सभाले जाल्पा लघुवित्तसँग मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ।

Logo