आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन ताेलामा ३ सय रूपैयाँले घटेकाे हाे।

साेमबार १ लाख २६ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज घटेर १ लाख २६ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेकाे छ। साेमबार प्रतितोला १ हजार ५ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ५ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo