सेबोनमा अध्यक्ष नभएपछि आईपीओ निष्कासन ठप्प, दर्जन बढी कम्पनी पाइपलाइनमा

सेबोनमा अध्यक्ष नभएपछि आईपीओ निष्कासन ठप्प, दर्जन बढी कम्पनी पाइपलाइनमा

केन्द्रबिन्दु
266
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नभएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको काम ठप्प भएको छ । आईपीओ निष्कासन रोकिएपछि विभिन्न दर्जन बढी कम्पनीहरु स्वीकृतिको पर्खाइमा छन् ।

गत पुस २१ गते सेबोन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि रिक्त भएको उक्त पदका लागि हाल १९ जनाले आवेदन दिएका छन् । आवेदन दिने उक्त संख्याकाबाट अध्यक्षको लागि एक जना छनोट हुनेछ ।

अध्यक्ष छनोट पश्चात् पाइपलाइन रहेको आईपीओ निष्कासनको अनुमती पाउने (सेबोनले जानकारी दिएको छ । सेवनका अनुसार १९ कम्पनीले आईपीओ निष्कासन विभिन्न समयमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् । उक्त कम्पनीले १६ अर्ब ४५ करोड ५६ लाख ८३ हजार ५३ रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ ।

यी कम्पनीले ९ करोड ५६ लाख ८६ हजार ५१० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । यो स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न इच्छुक भएका कम्पनीको सेयर संख्या हो । आईपीओका लागि पाइपलाइनमा रहेका १९ वटा कम्पनीहरूमा ७ वटा हाइड्रोपावर, ६ वटा फाइनान्स र अन्य समूह साथै ४ वटा निर्माण, एक वटा होटल र एक वटा इन्भेस्टमेन्ट कम्पनी रहेका छन् ।

डिश मिडिया नेटवर्कले एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ बढी कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) को ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता र एपेक्स हस्पिटालिटीले २५ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता सेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।

यसैगरी अन्नपूर्ण केबलकारले ३१ करोड रुपैयाँ रुपैयाँ बराबरकोे ३१ लाख कित्ता साथै पीयोर इनर्जीले १६ करोड रुपैयाँको १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

पछिल्लो समय निर्माण तथा प्रशोधन कम्पनीले पनि आईपीओ निष्कासन गर्ने क्रम बढ्दो रहेको छ । एसवाई प्यानल नेपालले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्ने तयारीमा लागेको छ । यस्तै, शौर्य सिमेन्ट उद्योगको प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम सहितको ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५६६ रुपैयाँ बराबरको एक करोड ५९ लाख ८१ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा छ ।

मारुती सिमेन्टले पनि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनले प्रतिकित्ता ३७७ प्रिमियम मूल्य तोकेर ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर र निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
यसै गरी रिलायन्स स्पिनिङ मिल्सले पनि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको भने जसेको प्रिमियम मूल्य कम्पनीले ८२०.८० रुपैयाँ तोकेको छ । कम्पनीको ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको १ करोड १५ लाख ५९ हजार ६० कित्ता सेयर निष्कासन गर्ने पर्खाइमा छ ।

अर्किड होल्डिंग्स लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ११ करोड ५० हजार कित्ता शेयर निष्कासन गर्नेछ । यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

पाइपलाइनमा हाइड्रोपावर कम्पनी बढी

सेबोनको तथ्याङ्कलाई हेर्दा सबै भन्दा बढी आईपीओ निष्कासनको अनुमतिका लागि हाइड्रोपावरको कम्पनी देखिन्छन् । आईपीओ निष्कासनमा सेबोनको स्वीकृति कुर्ने ७ वटा हाइड्रोपावर कम्पनी छन् । याम्बलिङ हाइड्रोपावरको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता र विकास हाइड्रोपावर ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।

यस्तै, रिज लाइन इनर्जीले ५८ करोड ४२ लाख सय रुपैयाँको ५८ लाख ४२ हजार १ कित्ता, लाफिङ बुद्ध पावर नेपाल ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता र कालिञ्चोक हाइड्रोपावर लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छ । हिम रिभर पावर कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता सेयर निस्कान तयारीमा छ । यस्तै, सेबोनको स्वीकृतिको पर्खाइमा तल्लो एर्खुवा हाइड्रोपावर कम्पनी पनि रहेको छ । कम्पनीले २८ करोड ५७ लाख ५०० रुपैयाँ बराबरको २८ लाख ७५ हजार ५० कित्ता सेयर निष्कासनको अनुमति मागी रहेको छ ।

Logo