प्रचण्डको आरोप- ‘अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर, अर्थमन्त्री अर्कोतिर थियाैं’

प्रचण्डको आरोप- ‘अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर, अर्थमन्त्री अर्कोतिर थियाैं’

केन्द्रबिन्दु
126
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै नेतृत्वमा कांग्रेस सहभागी रहेको अघिल्लो सरकारमा आफ्नो र अर्थमन्त्रीको कुरा नमिलेको आरोप लगाएका छन्।

शुक्रबार हेटौंडामा जारी नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहेको र अर्थमन्त्री अर्कोतिर कुद्न चाहेको आरोप लगाएका हुन्। जसका कारण निर्माण व्यवसायीहरूले समयमै भुक्तानी नपाएको दाबी गरे।

अहिलेको सरकारमा त्यस्तो नहुने बताउँदै उनले भने, ‘अहिले अर्को नयाँ अर्थमन्त्री आइसकेपछि यो प्रक्रिया अगाडि बढिसकेको छ। तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, अब निर्माण व्यवसायीहरूको बक्यौता रहन दिइने छैन, तपाईंहरुको निम्ति अनुकूल वातावरण बनाइनेछ।’

Logo