अध्यक्ष ढकालको आग्रह- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाऔं

अध्यक्ष ढकालको आग्रह- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाऔं

केन्द्रबिन्दु
98
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक वातावरण छैन भन्ने हिसाबले निरासको वातावरण नबनाउन उद्योग व्यवसायीलाई आग्रह गरेका छन्।

शुक्रबार हेटौँडामा भएको नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायिक वातावरण छैन भन्ने हिसाबले निरासको वातावरण नबनाउन उद्योग व्यवसायीलाई आग्रह गरेका हुन्।

उनले भने,‘आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था यति प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्नसके विकास निर्माणले गति लिने विश्वास छ। अब उद्योगी व्यवसायीहरूले निराशको मात्रै कुरा गरेर, व्यवसायीक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाऔँ। मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिती,रेमिट्यान्स,प्रर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ। त्यसले आगामी दिन अर्थतन्त्र राम्रो हुन्छ भन्ने सन्देश उद्योगी व्यवसायीहरूले दिनसक्यौं भने छोटो समयमा अर्थतन्त्र लयमा आउनसक्ने विश्वास जनाउन चाहन्छु। व्यवसायीहरूले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरूले चाहेको आर्थिक विकास हुनसक्छ।’

Logo