एनआईसी एशिया क्यापिटलको ‘भिडियो केवाइसी’ सेवा सञ्चालनमा

एनआईसी एशिया क्यापिटलको ‘भिडियो केवाइसी’ सेवा सञ्चालनमा

केन्द्रबिन्दु
84
Shares

एनआईसी एशिया क्यापिटलले ‘भिडियो केवाइसी’ सेवा सञ्चालनमा आएको जनाएको छ।

क्यापिटलले आफ्ना सम्पूर्ण सेवालाई प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ र झनझटरहित रुपमा डिजिटलाइज्ड माध्यमबाट आम ग्राहकलाई सेवा प्रदान गर्ने मुख्य रणनीति भएअनुसार क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने गराइसकेकाे जनाएको हो ।

सोही रणनीति अनुरुप क्यापिटलले ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकले भिडियो केवाइसीमार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको बताएको छ।

उक्त भिडियो केवाइसीमार्फत विदेशमा रहेका नेपाली तथा नेपालबाटै ‘एन आई सी एशिया अनलाईन डिम्याट सेवा’मार्फत डिम्याट खाता खोली प्रमाणिकरण गर्न बाँकी रहेका ग्राहकले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिङ्क क्लिक गरी उक्त इमेलमा माग गरिए बमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाइसी गर्न सकिने जनाएको हो।

भिडियो केवाइसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने पनि क्यापिटलले जनाएको छ।

Logo