यस्तो बन्यो आगामी आर्थिक वर्षको बजेट वक्तव्य लेख्ने समिति

यस्तो बन्यो आगामी आर्थिक वर्षको बजेट वक्तव्य लेख्ने समिति

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेख्नका लागि समिति गठन गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेख्नका शुक्रबार ६ सदस्यीय समिति गठन गरेका हुन्। उनले गठन गरेको समितिका संयोजकमा सहसचिव धनीराम शर्मा रहेका छन् भने सदस्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छन्।

Logo