नेपालमा उत्पादित ‘ग्रिन हाइड्रोजन’ गाडीकाे सफल परीक्षण, इन्धनको विस्थापनमा मदत पुग्ने 

नेपालमा उत्पादित ‘ग्रिन हाइड्रोजन’ गाडीकाे सफल परीक्षण, इन्धनको विस्थापनमा मदत पुग्ने 

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरेर गाडी चलाउन सकिने परीक्षण सफल भएको छ ।

नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख डा. विराजसिंह थापाले सामाजिक सञ्जाल मार्फत हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफल भएका जानकारी दिएका हुन् । 

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको थियो । स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य गाडीको तुलनामा भिन्न र फरक हुनेछ ।

ग्रिन हाइड्रोजन’ परीक्षण सफल भएसँगै इन्धनको विस्थापनमा मदत पुग्ने विश्वास पनि लिइएको छ ।

Logo