आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्ने मौका

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्ने मौका

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेट रिवार्ड” नामक अफर ल्याएको छ ।

यो अफरअन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यहि चैत ६ देखि जेष्ठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।

यसको साथै आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

Logo