बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार हात पार्न सफल भएको हो ।

साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनिय उपलब्धि वाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ ।

नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ ।

हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरु छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका रहेको साइमेक्स इंकले बताएको छ । कम्पनीका अनुसार विभिन्न २३ स्थानमा डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् ।
नेपालमा बीवाईडी ईभीको प्रयोग अझै बढाउन साइमेक्स प्रतिबद्ध रहेको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

‘हामी बीवाईडीबाट सम्मानित भएका छौ, यो प्रतिष्ठित पुरस्कार ग्रहण गर्दा खुसि लागेको छ, यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो,’ उनले भने ।

Logo