होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००, यस्ताे छ फिचर र मूल्य

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००, यस्ताे छ फिचर र मूल्य

केन्द्रबिन्दु
98
Shares

होण्डाले आफ्नो नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ।

यसको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाई छ । एनएक्स२०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाएको छ। ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता हुन्।

एनएक्स२०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले तपाईंलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावश्यक हुन्छ।

१० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङहरूमा उपलब्ध एनएक्स२०० को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिएको छ । कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यही चैत्र १५ बाट सुरु गरिसकेको छ ।

Logo