बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती जुनसुकै बेला काट्ने प्राधिकरणकाे चेतावनी

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती जुनसुकै बेला काट्ने प्राधिकरणकाे चेतावनी

केन्द्रबिन्दु
56
Shares

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्तीको विद्युत लाइन काट्ने चेतावनी दिएको छ । शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्राधिकरणले यसअघि गरिएकाे सूचनालाई बेवास्ता गर्ने स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने जानकारी गराएको हो ।

यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

‘सडक बत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्ने सम्बन्धमा मिति २०८०।१२।१६ को सार्वजनिक सूचनामार्फत् सबै स्थानीय तहलाई अनुरोध गरिएकोमा केही स्थानीय तहबाट रीतपुर्वक ग्राहक बन्ने काय भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएको र केहीबाट भुक्तानी समेत प्राप्त भएको छ। तर कतिपय स्थानीय तहहरूबाट सो अनुरूप कार्य नभएको हुँदा त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरूको विद्युत लाइन जुनसुकै बखत काटिने भएकोले यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ।’ सूचनामा उल्लेख छ ।

Logo