उर्जाको विकासमा बाधक नीति नियम परिवर्तन गर्न जरुरी छ -अध्यक्ष गणेश कार्की

उर्जाको विकासमा बाधक नीति नियम परिवर्तन गर्न जरुरी छ -अध्यक्ष गणेश कार्की

केन्द्रबिन्दु
196
Shares

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले उर्जाको विकासमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार इप्पानको आयोजनामा भएको ‘वातावरणीय प्रभाव मूल्यांकन’ (ईआईए) विषयक अन्तर्किया कार्यक्रममा अध्यक्ष कार्कीले सरकारले विकास वाधक नीति नियम सुधार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘अबको लगानीको क्षेत्र भनेकै ऊर्जा हो । सरकारले लगानी सम्मेलन गर्नु अगावै धेरै नीति नियमको परिवर्तन गर्छु भनेर आश्वासन दिएको छ । विकास वाधक नीति नियम सुधार गर्नुपर्छ ।’

सरकारले सन् २०३५ सम्ममा अर्थात् आगामी ११ वर्षभित्रमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापारको लक्ष्य लिएकाले त्यसका लागि पूर्वतयारी अपरिहार्य रहेको पनि अध्यक्ष कार्कीले औंल्याए । ‘भारतले पनि १० वर्षमा १० हजार मेगावाटको विद्युत् खरिद गर्ने सम्झौता गरेपश्चात् जलविद्युत् क्षेत्रको विकासले फड्को मार्ने अपेक्षा हामीले लिएका छौं ।’ उनले भने, ‘विद्युतको उत्पादन गरेर मात्र नभई उत्पादन सँगसँगै प्रसारण लाइनजस्ता आवश्यक पूर्वाधारको विकास गर्दै अगाडि बढ्न जरुरी छ ।’

जलविद्युतको विकास गर्दा धेरै क्षेत्रको सुरक्षा भएको पनि उनले बताए ।

साथै अध्यक्ष कार्कीले हाइड्रोपावर व्यवसायीमाथि भएको धरपकडप्रति सरकारलाई व्यंग्य कस्दै ‘हामी उत्पादन गर्दै हिँड्ने कि भाग्दै हिँड्ने’ पनि भने । सो क्रममा उनले थपे, ‘देश बनाउने भनेर अगाडि बढाउने भनेर लागेका छौं, निजी क्षेत्र र सरकार सँगसँगै बढ्नुपर्छ ।’

Logo