हाइड्रोपावरका ६० लाख लगानीकर्ता जाेगाउन भएपनि विधेयक पास गर्नुपर्छ -सांसद सिंह

हाइड्रोपावरका ६० लाख लगानीकर्ता जाेगाउन भएपनि विधेयक पास गर्नुपर्छ -सांसद सिंह

केन्द्रबिन्दु
168
Shares

राप्रपाका सांसद दिपकबहादुर सिंहले युवा शक्तिको पलायन रोक्न मुलुकमा विकास र औधोगिकीकरण नगरी नहुने अवस्था आएको औंल्याएका छन् ।

सोमबार इप्पानको आयोजनामा भएको ‘वातावरणीय प्रभाव मूल्यांकन’ (ईआईए) विषयक अन्तर्किया कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

‘देशमा विकास र औधोगिकीकरण नगरि नहुने अवस्था आएको छ, युवा शक्ति आज विदेश पलायन भइरहेका छन्, उनीहरूलाई रोक्ने कुनै काम भएन, नयाँ रोजगारी सिर्जनामा लाग्नु पर्ने बेला आएको छ ।’ उनले भने, ‘नेता, व्यापारी सबैले छोरा छोरी विदेश पठाइसके, जनताका छोरा पनि बाध्य भएर जानुपर्ने अवस्था छ । निर्माण व्यवसायीले आज अर्बौं रूपैयाँ भुक्तानी पाएको छैन ।’ केही वर्षपछि विदेशबाट नर्स, इन्जिनियर मगाएर ल्याउनु पर्ने दिन आउने उनको चेतावनी छ ।

साथै प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका सिंहले जलविद्युत् विधेयकमा सबै राय सझाव आएको र यसलाई मान्यता दिएर कार्यान्वयनमा ल्याउन पनि जोड दिए । ‘देश भन्दा ठूलो व्यापार हुँदैन । तर निजी क्षेत्रको योगदानलाई पनि बिर्सनु हुँदैन । सरकारसँगको सहकार्य निजी क्षेत्रको अपरिहार्य छ । हाइड्रोपावरका ६० लाख लगानीकर्ता छन्, उनीहरूलाई जोगाउन भए पनि विधेयक पास गर्नुपर्छ ।’ उनले भने ।

Logo