आम्दानीभन्दा बढी ऋण नलिन राष्ट्र बैंकको आग्रह

आम्दानीभन्दा बढी ऋण नलिन राष्ट्र बैंकको आग्रह

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आम्दानीले थेग्ने ब्याजदर भए मात्र कर्जा लिन आग्रह गरेको छ । पछिल्लो समय आम्दानी भन्दा ज्यादा बढी ऋण लिने र तिर्न नसक्ने विषयको मध्यनजर गर्दै राष्ट्र बैंकले आम्दानी र ब्याजको तालमेल मिलाएर मात्र कर्जा लिन भनेको हो ।

बैंक तथा वित्तीय संस्थाले व्यक्ति लक्षित गर्दै घर कर्जा, सवारी साधन कर्जा जस्ता विभिन्न कर्जाहरुका प्रस्ताव गर्ने गरेका छन् । यस्तो कर्जाको भुक्तानी अवधि निश्चित हुन्छ भने ब्याजदर परिवर्तनशील र स्थिर हुने गर्छन् । स्थिर ब्याजदरमा तोकिएको अवधिभर परिवर्तन गर्न पाइँदैन भने परिवर्तनशील ब्याजदरमा बेस रेटको परिवर्तनसँगै ब्याजदर परिवर्तन हुन्छ तर प्रिमियम भने परिवर्तन हुँदैन ।

नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिले स्थिर ब्याजदरमा कर्जा लिए आम्दानी र कर्जाको ब्याजदरबीच तालमेल मिलाउन सहज हुने भएकाले कस्तो खालको ब्याजदर लागू हुँदैछ विचार गरेर मात्र कर्जा लिन बैंकले भनेको छ । कर्जाको प्रिमियम दर कति छ, शुल्क के कस्ता लाग्छ सोबारे बुझेर कर्जा लिन पनि राष्ट्र बैंकको बताएको छ ।

Logo