केन्ट आरओले ल्यायो ‘नयाँ वर्ष २०८१ अफर’

केन्ट आरओले ल्यायो ‘नयाँ वर्ष २०८१ अफर’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले नयाँ वर्षलक्षित योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित उक्त योजना ल्याएको हो।

यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउने कम्पनीले बताइएको छ। यो योजना यो वर्षको चैत्र २३ देखि नेपालभर सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ।

आज सफा पिउने पानी आवश्यकता बनेको र प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन्। पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुनसक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ।

यसैले, केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीले दाबी गरेको छ।

केन्टका अन्य उत्पादनमा वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीको दाबी छ।

Logo