बेकोको ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक

बेकोको ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बेकोले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ।

युरोपकै प्रमुख तीन नम्बरमा रहेको बेको ब्राण्डले ‘न्यू इयर इज हेयर’ नामक योजनाअन्तर्गत उक्त ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४ सयसम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेको योजना सार्वजनिक गरेको हो।

सो योजनाअन्तर्गत वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी, डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसिमा नि:शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले दाबी गरेको छ।

कम्पनीले यो योजना चैत्र २५ गतेदेखि सिमित अवधिसम्मका लागि नेपाल अधिराज्य भरी लागू हुने बताएको छ।

बेको ब्राण्ड घरायसी उपकरणहरूको बिक्री वितरण चौधरी ग्रुपअन्तर्गत इओएल प्रालीले गर्दै आएको छ।

Logo