‘ब्ल्याक प्लस डेकोर’का सामान खरिदमा हरेक हप्ता उपाहार

‘ब्ल्याक प्लस डेकोर’का सामान खरिदमा हरेक हप्ता उपाहार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । घरायसी उपकरणमा अमेरिकाको प्रथम ब्रान्ड रहेको ‘ब्ल्याक प्लस डेकोर’ले ग्राहकहरूका लागि नयाँ वर्ष २०८१ लक्षित ‘न्यू जोयस, न्यू सेलिब्रिसेन्स’ नामक योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकहरूले ‘ब्ल्याक प्लस डेकोर’का साना घरायसी उपकरणको खरिद गर्दा हरेक हप्ता उपहार जित्न सकिने कम्पनीले बताएको छ।

ब्ल्याक प्लस डेकोरको कुनैपनि उपकरण खरिद गर्दा हप्तामा एक जना भाग्यशाली विजेताले ब्ल्याक प्लस डेकोरको उच्च गुणस्तरको फूड स्टिमर जित्न सक्ने र यो योजनाअन्तर्गत सहभागी हुने ग्राहकहरूले विज्ञापनमा दिएको क्यूआर कोड स्क्यान गरेर फारममा आफ्नो बिवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्ने कम्पनीले बताएको छ। र साप्ताहिक ‘लक्की ड्र’मार्फत उपहार जित्न सकिने कम्पनीको दाबी छ।

साथै, ब्ल्याक प्लस डेकोरका उपकरणहरूमा ३० हजारमाथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक प्लस डेकोर लोयल्टी कल्ब रिवार्ड प्रोगामपनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो योजना चैत्र २७ गतेदेखि देशभर सिमित अवधिका लागि लागू गरिएको ब्ल्याक प्लस डेकोरले जनाएको छ।

देशभर ब्ल्याक प्लस डेकोर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स हो।

Logo