प्रभु बैंकद्वारा मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्यान्ड हस्तान्तरण

प्रभु बैंकद्वारा मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्यान्ड हस्तान्तरण

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रभु बैंकले नगदरहित भुक्तानी प्रणालीअन्तर्गत कागबेनीमा भक्तजनको सहजीकरण तथा सुविधाका लागि कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्यूआर स्ट्यान्ड उपलब्ध गराएको छ।

धार्मिक स्थल कागबेनीमा बडादसैं र चैतेदसैंअघिको सोह्रश्राद्घ तथा औंसी तिथिमा दिवंगत आफन्तजनको सम्झनामा पिण्डदान र तर्पणका लागि बर्सेनि नेपाल र भारतबाट करिब ११ हजार बढी भक्तजन आउने गरेका छन्।

भक्तजनलाई नगदरहित कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यले समितिलाई क्यूआर स्ट्यान्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले मुस्ताङका विभिन्न पालिकामा ७ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ। बैंकले हाल ३०१ शखा, २८५ एटिएम, ७० एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा सञ्चालन गर्दै आएको छ।

Logo