स्किल वीक-२०२४ को समापनमा ५ जनालाई ‘स्किल हिरो’ अवार्ड

स्किल वीक-२०२४ को समापनमा ५ जनालाई ‘स्किल हिरो’ अवार्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । स्किल वीक-२०२४ को पाँचौँ संस्करणमा पाँच जना स्किल हिरो अवार्डबाट सम्मानित भएका छन्।

आइतबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीचमा एक हप्ते स्किल वीक कार्यक्रममा स्किल वीक-२०२४मा पाँच प्रेरणादायक व्यक्तित्वलाई स्किल हिरो अवार्डबाट सम्मानित गरिएको हो।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा मगरको प्रमुख अतिथ्यमा सञ्चालित भएको कार्यक्रममा विभिन्न सिपमूलक तालिमलगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी र मनोरन्जनलाई प्रस्तुत गरिएको थियो।

पहिलोस्तम्भमा कला र संस्कृतिका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाकोमार्फ बाट हाँस्यब्यंग्य गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो।

त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको हो।

यस्तै, पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष सुश्री छाया शर्मालाई सम्मान गरिएको हो।

त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला पुरस्कृत भएका छन्।

स्किल वीक कार्यक्रम ३१ मार्चदेखि ८ अप्रिलसम्म सञ्चालन गरिएको र सो कार्यक्रममा ५ फरक क्षेत्रका सीपहरू प्रदर्शन गरिएको थियो। जसअन्तर्गत कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि एवम ड्युअल भेट रहेका थिए।

कार्यक्रममा उद्यमी, सरकारी, कूटनीतिज्ञ र एक सयभन्दा बढीको व्यक्ति सहभागी रहेका थिए।

Logo