एफएनसीसीआई अध्यक्ष चन्द्र ढकालले एक वर्षमा गरे यी महत्वपूर्ण काम

एफएनसीसीआई अध्यक्ष चन्द्र ढकालले एक वर्षमा गरे यी महत्वपूर्ण काम

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । कुनै उद्योगपति तथा व्यापारिक घरानामा होइन, बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारमा जन्मिएर आफ्नै पौरखमा उदाएका एक अब्बल व्यवसायी चन्द्रप्रसाद ढकाललाई उद्यमीहरुले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चाबी सुम्मिएको एक वर्ष पूरा भएको छ । आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउने बचनका साथ महासंघको २०औं अध्यक्षकाे पद सम्हालेका ढकालको एक वर्षीय कार्यकालको समीक्षा यति बेला हुन थालेको हो ।

महासंघको गत चैत २८ र २९ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट ढकाल नेतृत्वको नयाँ समिति बनेको थियो । मन्दीमा रहेको अर्थतन्त्रको सुधारलाई पहिलो प्राथमिकता दिँदै अगाडि बढेको नयाँ नेतृत्वको यो अवधिसम्म यात्रा चुनौतीपूर्ण र उपलब्धीपूर्ण दुवै रहेको देखिन्छ ।

मन्दीमा रहेको अर्थतन्त्रको सुधारलाई पहिलो प्राथमिकता दिँदै अगाडि बढेको नयाँ नेतृत्वको यो अवधिसम्म यात्रा चुनौतीपूर्ण र उपलब्धीपूर्ण दुवै रहेको देखिन्छ ।

निरन्तर उद्योगी व्यवसायीको पक्षमा साथै व्यवासायीक वातावरण सिर्जनाको दौडानमा लागेका ढकालको सक्रियता बढ्दो पाइन्छ । यद्यपि उनको लक्ष्य अनुरूपको धेरै काम गर्न बाँकी रहेको देखिन्छ । ढकालको नेतृत्व आएपछि अर्थतन्त्र सुधारका लागि अध्ययन अनुसन्धानको प्रकाशन, सदस्य सेवाका साथै विभिन्न अन्तर्राष्ट्रिय फोरममा महासंघको सहभागिता जनाउने अवसर पाएको थियो ।

ढकाल नेतृत्वको पहिलो कार्यकारिणी समितिको बैठकले वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने, स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना साथै व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने लगायका एजेण्डा उठाई अगाडि बढेको थियो । महासंघले आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्ने पहल गरेता पनि आर्थिक वर्ष २०८०/८१ को बजेटमा मन्दी कम गर्ने कार्यक्रम नसमेटिएपछि महासंघसँगै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स मिलेर संयुक्त रूपमा दबाब पनि दिएका थिए ।

ढकाल नेतृत्वमा आएपछि महासंघको एजेण्डालाई सरकार र केन्द्रिय बैंकले पनि अहिले विशेष महत्वका साथ लिन थालेको छ ।

ढकाल आएपछि के काम भए ?

ढकाल नेतृत्वमा आएपछि महासंघको एजेण्डालाई सरकार र केन्द्रिय बैंकले पनि अहिले विशेष महत्वका साथ लिन थालेको छ । महासंघले उठाएका माग सम्बोधन गर्न साथै प्रथम त्रैमासिक समीक्षामा केन्द्रिय बैंकले नीतिगत दर घटाएको थियो । उद्यम व्यवसाय चलायमान हुन नसकेको अवस्थामा मध्यनजर गर्दै माग वृद्धि र निजी क्षेत्रले सम्मानित रूपमा उद्यम व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता गर्नुपर्ने विषयलाई ढकालले प्राथमिकता साथ उठाउँदै आएका छन् । तर, यस विषयमा सरकारले चासो नदिएर हो वा काम नभएर त्यति महत्वका साथ हेरिएको भने पाइँदैन ।

डेडिकेटेड र टंकलाइनको विषयमा महासंघले प्रधानमन्त्रीलाई भेटेर लाइन नकाट्ने सहमति परेपछि सरकारले उच्चस्तरीय आयोग गठन गरी काटिएको लाइन पुनः जडान भएको थियो ।

बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रहरूको विस्तार गरिने कार्य भएको छ । ढकालको कार्यकालमा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा ५० लाख रुपैयाँ भन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिएको छ । ५० लाख रुपैयाँसम्मको आवास कर्जा सहज बनाइएको छ । डेडिकेटेड र टंकलाइनको विषयमा महासंघले प्रधानमन्त्रीलाई भेटेर लाइन नकाट्ने सहमति परेपछि सरकारले उच्चस्तरीय आयोग गठन गरी काटिएको लाइन पुनः जडान भएको थियो ।

विदेशका विभिन्न कार्यक्रममा महासंघले सहभागी जनाई नेपालमा लगानी गर्ने विषयको सकारात्मक सन्देश लिएर आउने क्रम जारी छ । भारत र चीनमा आयोजित लगानी सम्मेलन साथै दुबई चेम्बरका आयोजना गरेको कार्यक्रममा महासंघले पनि सहभागिता जनाएको थियो ।

सम्मानित निजी क्षेत्रका लागि निजी क्षेत्रको योगदान, सामाजिक उत्तरदायित्वमा पुर्याएको योगदान, व्यावसायिक आचारसंहितालाई समेटेर महासंघले अभियान नै सुरु गर्ने तयारी गरेको छ ।

सातै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने विषय एफनसीसीआईले अगाडि बढाएको छ । सरकारले महासंघको आग्रहमा द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको छ । जुन मन्त्रिपरिषदबाट पारित हुने क्रममा छ । वैशाखमा आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी १२ कानून तथा नियमावलीमा संशोधन ढकालसहितको नेतृत्वबाट भएको छ ।

केही समयअघि सरकारले कर सुधार सुझाव समिति गठन गरेको थियो । जसमा सुझाव दिन १६औं योजना र बजेट सुझावलाई व्यवस्थित र सहभागितामूलक बनाएको महासंघले बताएको छ ।

संघले दिने सेवा प्रभावकारी बनाउन सेवा विस्तारको पहलमा ढकाल लागेका छन् । महासंघले प्रतिष्ठित अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे प्रतिवेदन सार्वजनिक भएको छ । जसमा कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, रोजगारीमा ८७ प्रतिशत र राजश्वमा प्रत्यक्ष अप्रत्यक्ष गरी ८५ प्रतिशत देखाएको छ । महासंघ नेतृत्व पदाधिकारीले राजनीतिक नेतृत्वसँग निरन्तर औपचारिक र अनौपचारिक संवादलाई जारी राखेको छ ।

महासंघको मागमा नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । महासंघको साझेदार संस्था भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा भारतमा पहिलो पटक नेपाल–भारत बिजनेस समिटको आयोजना गरिएको थियो ।

अध्यक्ष ढकालको नेतृत्व कार्यसमितिले १०० दिन पूरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै भएका कामहरु सार्वजनिक गरिएको थियो । यो एक वर्षमा अर्थमन्त्रालय तथा वाणिज्य मन्त्रालयका मन्त्रीबाट व्यापार क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि आवश्यक गृहकार्य गरिने आश्वासन प्राप्त भएको महासंघले बताएको छ ।

चाडपर्वको दौरान गरिने अनुगमन मर्यादित ढंगले गर्न महासंघ तथा वाणिज्य विभाग बीच समन्वय गर्ने सहमति भएको छ । महासंघको पहलमा भारत सरकारलाई गैर बासमती चामलमा लगाइएका प्रतिबन्ध हटाउन तथा थप कोटा उपलब्ध गराउन व्यवसायीहरूलाई प्रति फर्म ५ हजार मेट्रिक टनमा नबढ्ने गरी खरिद कोटा थप गर्ने कार्य भएको छ । यस्ता सयौं काम गरेका ढकाल नेतृत्व टिमले आगामी दिनमा थप काम गर्ने योजना बनाएको छ । पछिल्लोसमय उद्यमी व्यवसायीमाथि सरकारबाट भएकाे अनावश्यक धरपकडलाई छेड्न निजी क्षेत्रको योगदान, अन्य देशमा निजी क्षेत्रको महत्व, सामाजिक उत्तरदायित्वमा पुर्याएको योगदान, व्यावसायिक आचारसंहिता समेतलाई समेटेर सम्मानित निजी क्षेत्रका लागि महासंघले अभियान नै सुरु गर्ने तयारी पनि गरेको छ ।

सातै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने विषय एफनसीसीआईले अगाडि बढाएको छ ।

महासंघले वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८० मनाउने तयारीमा लागिरहेको छ । कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याइएको छ । साे क्रममा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोज्ने महासंघकाे तयारी छ । साधारण सभामा रतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा सहभागी हुनेछन्, जसबाट थप भारतीय लगानीकर्ताहरु आकर्षित हुनसक्ने महासंघकाे विश्वास छ ।

Logo