श्रम चुनौतीलाई मनन गरे पूर्वतयारी थाल्न महासंघद्वारा मन्त्री अर्यालको ध्यानाकर्षण

श्रम चुनौतीलाई मनन गरे पूर्वतयारी थाल्न महासंघद्वारा मन्त्री अर्यालको ध्यानाकर्षण

केन्द्रबिन्दु
308
Shares

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ सहितको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेको छ । मंगलबार महासंघकाे टोलीले भेटमा मन्त्री अर्याललाई भेटेर शुभकामना तथा बधाई दिएको हाे ।

साथै भेटको क्रममा उपाध्यक्ष श्रेष्ठले श्रम सबन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व बृद्धि गर्नतर्फ जोड दिनुपर्नेमा जोड दिइन् । केहीसमय अघि महासंघ र जेटीयुसीसीका बीच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडै नै रणनीतिक योजना बनाएर अगाडि बढ्ने कुरा पनि उनले जानकारी गराइन् । साथै, देशबाट सिपयुक्त श्रम शक्ति बाहिरीराख्दा भोलि देशले भोग्न पर्ने श्रम चुनौतीलाई अहिले नै मनन गरेर श्रमीकहरुका लागि तालिम कार्यक्रमहरु संचालन र उत्पादनमूलक क्षेत्रमा लगाई राख्नपर्ने कुरामा ध्यानाकर्षण पनि गराइन् ।

सो क्रममा पदाधिकारीद्धारा श्रम विवादको छिटोछरितो समाधान गर्न प्रदेशमा रहेका उच्च अदालतलाई श्रम सम्बन्धी विवाद हेर्नेगरी क्षेत्राधिकार तोक्ने व्यवस्था गर्न अनुरोध गरेका थिए । साथै, अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. ८७ र त्यसका मापदण्डहरुमा व्यापक छलफल गर्न पर्ने र वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको पुन एकीकरण, श्रमिकलाई तालिम आदि विषयहरुमा सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्ने र त्यसका लागि महासंघ तत्पर रहेको बारेमा छलफल भएको थियो ।

श्रममन्त्री अर्यालले महासंघले उठाएका विषय गम्भीर रहेको र त्यसमध्ये प्रदेशमा रहेका उच्च अदालतहरुलाई ऐनको दफा १५८ अनुसार क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने विषयमा बागमतीलाई काठमाडौंले हेर्ने र बाँकी सबै ६ प्रदेशस्थित उच्च अदालतहरुलाई अधिकार दिनेगरी मन्त्रालयबाट काम भइसकेको बताए । त्यसैगरी श्रमिकलाई तालिम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउँदै गरेकाले त्यसका लागि निजी क्षेत्र नेउवा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा मन्त्रालयमा छलफल भै रहेको पनि जानकारी गराए । साथै अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. ८७ का सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको बताए ।

Logo