१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

केन्द्रबिन्दु
84
Shares

ढोरपाटन (बागलुङ)। पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ। पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ प्रमुख मनोज चौधरीले बताए।

निर्माण पूरा हुनासाथ गुल्मीको तम्घासको सवस्टेशन आगामी वैशाख १९ गते तथा सोही जिल्लाको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन अगामी असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उनले बताए।

आयोजना प्रमुख चौधरीले भने,“सबस्टेशन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीहरुले धमाधम काम गरीरहेका छन्,असारसम्म कुनै प्राविधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो। अब फिल्डको काम मात्रै बाँकी छ,पौँदी– अमराई र बुर्तिबाङ एकै पटक परीक्षण हुन्छ।

Logo