प्रभु बैंक र क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबारक्रस बोर्डरसम्बन्धि सम्झौता

प्रभु बैंक र क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबारक्रस बोर्डरसम्बन्धि सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबारक्रस बोर्डरसम्बन्धि सम्झौता भएको छ।

प्रभु बैंक र क्लियरिङ हाउसबीच भएको सम्झौता बमोजिम अन्तर्देशीय कारोबारक्रस बोर्डर भुक्तानी सेवा सुरू भएपछि नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्धारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधैं रकम पठाउन सकिने प्रभु बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्ररहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने बैंकले जनाएको छ।

साथै, भारतमा रहेका नेपाली नागरिकलाई पनि यूपीआई ईनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रहेकर नेपालमा प्रभु बैंकको यूपीआई ईनेबल्ड लिंक गरिएको खातामा सिधैं रकम पठाउन सकिने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको हो।

हाललाई भारतमा रहेका नेपाली नागरिकले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको पनि बैंकले दाबी गरेको छ।

अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आवद्ध ग्राहकले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउने विश्वास लिएको बैंकले जनाएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसायी अधिकृत रश्मी पन्त र क्लियरिङ हाउका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरेका हुन्।

Logo