आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।

मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन बुधबार १ लाख ३६ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

त्यस्तै, तेजावी सुन प्रतितोला रु १ लाख ३६ हजार १ सय ५० मा कारोबार भइरहेकाे छ।यस्तै, चाँदीको मूल्य पनि बढेकाे छ। आज चाँदी १५ रूपैयाँले बढेर एक हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo