अर्थतन्त्रकाे सूचकलाई चलायमान बनाउन लागेका छाैँः अर्थमन्त्री पुन

अर्थतन्त्रकाे सूचकलाई चलायमान बनाउन लागेका छाैँः अर्थमन्त्री पुन

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रकाे सूचकलाई चलायमान बनाउन लागेकाे बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कानून सम्मत काम गर्ने उद्योगी व्यावसायिलाई सरकार सहयोग गर्न तयार रहेकाे बताएका हुन्।

उनले सस्तो कुरा गर्ने र तालि खाने अवस्था अहिले नरहेकाे बताए। साथै उनले पार्टी नजिककाे मान्छे हेरेर नीति र बजेट नबनाउने जिकिर गरे।

उनले उद्योगि र व्यवसायीले सम्मान पाउनुपर्ने बताए। साथै नेपालका बैंक तथा वित्तीय संस्था सक्षम रहे पनि विश्व अर्थतन्त्र नै समस्यामा रहेकाले यसकाे असर नेपालकाे अर्थतन्त्रमा पनि परेकाे बताए। उनले निर्माण व्यवसायीकाे भुक्तानीलाई नराेकेकाे दाबी गरे।

Logo