नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने घोषणा

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने घोषणा

केन्द्रबिन्दु
84
Shares

संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि २४सै घण्टा खुल्ला हुने भएको छ । बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने बातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। व्यवसायीसँगकाे समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताअनुसार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाइएकाे हाे ।

Logo