‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो-२०२४’ वैशाख ४ देखि

‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो-२०२४’ वैशाख ४ देखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो २०२४’ वैशाख ४ देखि ८ गतेसम्म आयोजना हुने भएको छ।

सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा काठमाडौँको भृकुटीमण्डपस्थित् प्रदर्शनीस्थलमा हुने उक्त शो मा सवारी साधन, पार्टपूर्जा, वित्तीयसेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनी हुने आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक चक्र खड्काअनुसार उक्त शोमा विभिन्न अटोमोबाइल ब्राण्ड र रिकण्डीशन व्यवसायीले सहभागिता जनाउने छन्।

प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहने उनले बताए। प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागितासमेत कम्पनीले बताएको छ।

४ दिनसम्म चल्ने उक्त मेलालाई ५० हजार जनाले अवलोकन गर्ने आयोजकले बताएको छ।

Logo