सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धि तालिम प्रदान

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धि तालिम प्रदान

केन्द्रबिन्दु
56
Shares

सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ ।

तालिममा विद्युतीय गाडीसम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानिहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको थियो । यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कायक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए ।

तालिम पश्चात सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरे । साथै यस कार्यक्रममा सहभागी भई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्राप्त ट्राफिक प्रहरीहरुलाई सिप्रदीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।

Logo