वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

केन्द्रबिन्दु
364
Shares

काठमाडौं। वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ।

२० वाणिज्य बैंकमध्ये १३ बैंकले निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। ५ बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन्।

व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औसतमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिने भएका छन्।

कृषि विकास बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा चैत महिनाकै ब्याजदर ५.६६६१ लाई निरन्तरता दिएको छ। त्यस्तै, एसबीआईले व्यक्तिगत मुद्दतीमा ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याज दिने भएको छ। यसअघि चैतमा व्यक्तिगततर्फ ७.०१ र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याज दिएको थियो ।

यता राष्ट्रिय वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज दिने जनाएको छ । चैतमा भने व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ दिएको थियो ।

त्यस्तै, नयाँ ब्याजदरअनुसार नेपाल बैंकले व्यक्तितर्फ ६.७५ र संस्थागततर्फ ४.७५, एभरेस्टले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्यान्डर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

यसका साथै व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७ र ६ प्रतिशत, प्रभु बैंकले ७ र ६.५, लक्ष्मी सनराइजले ७ र ६, ग्लोबल आईएमईले ७ र ६, प्राइम कमर्सियल बैंकले ७.१ र ६.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन्।

यता, हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सिटिजन्स बैंकले ७.५ र ६.१५ प्रतिशत, एनआईसी एशियाले ७.७५ र ६.७ प्रतिशत तथा एनएमबि बैंकले ७.९७ र ६.९७ प्रतिशत ब्याज दिने भएका छन् ।

वैशाखमा सानिमा बैंकले व्यक्तितर्फ ७.१ र ६.१ प्रतिशत, नबिल बैंकले ७.२५ र ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ७.२५ र ६ प्रतिशत, माछापुच्छ्र्रे बैंकले ७.२५ र ५.२५ प्रतिशत तथा कुमारी बैंकले ७.२६ र ६.२६ प्रतिशत ब्याज दिने भएका छन् ।

Logo