डिशहोमको मिसन ८१ सार्वजनिक

डिशहोमको मिसन ८१ सार्वजनिक

केन्द्रबिन्दु
140
Shares

नयाँ बर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ ।

यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Logo