नयाँ फिचरसहित शोरुममा पुग्न थाल्यो बजाजको पावर हाउस बाइक

नयाँ फिचरसहित शोरुममा पुग्न थाल्यो बजाजको पावर हाउस बाइक

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नयाँ फिचरसहित बजाज अटोले २०२४ पल्सर एन २५० लन्च गर्ने तयारी गरेको छ। साथै, पल्सर १५० लाई पनि गोप्यरुपमा अपडेट गरेको छ।

२०२४ मोडलमा केही कस्मेटिक अपडेट र नयाँ फिचर पनि प्रदान गरिएको कम्पनीले जनाएको छ। बजाजले २०२४ पल्सर १५० को मूल्य बढाएको छ वा छैन भन्ने अहिले स्पष्ट भएको छैन।

२०२४ पल्सर १५० मा पल्सरका लागि नयाँ थ्रीडी एम्बलम दिइएको छ। रिपोर्टका अनुसार सो बाइक रातो र कालो कलरको विकल्पमा हुनेछ। यद्यपि यो कालो तथा कालो र निलो रङको पनि हुन सक्ने अनुमान गरिएको छ।

सो बाइकमा मुख्य परिवर्तन भनेको नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर भएको कम्पनीले बताएको छ। यसमा एनालग ट्याकोमिटरलाई डिजिटल स्पिडोमिटरले प्रतिस्थापन गरेको अल डिजिटल युनिट जडान गरिएको छ।

नयाँ क्लस्टरमा बजाज राइड कनेक्ट एप्लिकेसनसँग ब्लुटुथ जडान गरिएको छ। साथै यसमा मोबाइल चार्ज गर्नका लागि यूएसबी पोर्ट पनि दिइएको छ। नयाँ क्लस्टरले इन्धन खपत, औसत इन्धन इकोनोमी र गियर पोजिशनमा वास्तविक समय अपडेट पनि प्रदान गर्छ ।

नयाँ मोडलमा १४९.५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन उपलब्ध हुने बताइएको छ। यसले १३.८ बीएचपीको पावर र १३.२५ एनएमको टर्क जेनेरेट गर्छ।

यो इन्जिनमा ५ स्पिड गियरबक्स युनिट उपलब्ध छ।

Logo