सिजी ईलेक्ट्राेनिक्सका डिलरहरुकाे थाइल्यान्ड भ्रमण सम्पन्न

सिजी ईलेक्ट्राेनिक्सका डिलरहरुकाे थाइल्यान्ड भ्रमण सम्पन्न

केन्द्रबिन्दु
42
Shares

नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सिजी ईलेक्ट्राेनिक्सका डिलरहरुकाे थाइल्यान्ड भ्रमण सम्पन्न भएकाे छ ।

एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरिएकाे थियाे । बर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलरहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराइएकाे कम्पनीले जनाएकाे छ ।

यति मात्र नभएर सिजी ईलेक्ट्राेनिक्सले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना बस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो ।

सिजीले बर्षैपिच्छे आफ्ना उत्कृष्ट डिलरहरुलाई यस्तो सुनौलो विदेश भ्रमणको अवसर प्रदान गर्दै आइरहेको छ ।

Logo