अब १० हजारमै लेभ्निङकाे इलेक्ट्रिक स्कुटर, वुलिङकाे कारमा पनि भारी छुट

अब १० हजारमै लेभ्निङकाे इलेक्ट्रिक स्कुटर, वुलिङकाे कारमा पनि भारी छुट

केन्द्रबिन्दु
70
Shares

लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ ब्रान्डको वुलिङ एयर ईभीको लागि नेपालको आधिकारीक वितरक ईभी नेपाल मोटर्सले नयाँ वर्ष २०८१ को अवसर ल्याएको छ ।

यस अफरअन्तर्गत लेभ्निङ ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कुटर किन्दा शुरुमा १० हजार रुपैयाँ बुझाएर त्यसैअनुसार बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिने कम्पनीले जनाएको छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु हुने गर्दछ ।

साथै कम्पनीले वुलिङ एयर ईभी किन्दा शुरुमा ४ लाख किस्ता बुझाए पुग्ने जनाएको छ । बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिन्छ । यसरी किन्दा यसको मूल्यमा १ लाख ५० हजार रुपैयाँ छुटसमेत उपलब्ध गराइएको छ । नेपाली बजारमा उपलब्ध वुलिङ एयर ईभी २०० किमी र ३०० किमी रेन्जमा पाउन सकिन्छ । यसकाे मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ ।

Logo