नयाँ वर्षकाे पहिलाे काराेवार दिन ह्वात्तै घट्यो सुनको मूल्य

नयाँ वर्षकाे पहिलाे काराेवार दिन ह्वात्तै घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
224
Shares

काठमाडौं। २०८१ सालको पहिलाे काराेवार दिन आज (आइतबार) सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २२ सय रुपैयाँले घटेकाे हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएकाे शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँ रहेकाे थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी ५० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Logo