लाइफ टाइम वारेन्टीको सुविधासँगै आयो ‘टीभीएस मेरो साथी’ स्किम

लाइफ टाइम वारेन्टीको सुविधासँगै आयो ‘टीभीएस मेरो साथी’ स्किम

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । टीभीएसले नयाँ वर्षको अवसरपार्दै ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ।

नेपाली टु ह्विलर बजारमा टेक्नोलोजी चयाम्पियन्सको रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसर पारेर टीभीएस मेरो साथी स्किम सार्वजनिक गरेको हो।

टीभीएस मेरो साथी स्किमअन्तर्गत ग्राहकले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध हुने भएको छ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्ड्ली सवारी साधनको उत्पादनमा सधैं अगाडि रहेको यो ब्रान्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचर राख्दै प्रयोगकर्ता माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको कम्पनीको दाबी छ। स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोड र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्ड्ली बनाउँदै सबैको मन जित्न सफल टीभीएस बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्रान्ड भएको कम्पनीको दाबी रहेको छ।

टीभीएस मेरो साथी स्किमअन्तर्गत ग्राहकले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छभने हरेक हप्ता एक सय प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन, बजारकै सबैभन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ।

नेपालका लागि जगदम्बा मोटर्सले टीभीएसका दुई पांग्रे सवारी साधन बिक्री–वितरणको आधिकारी कम्पनी हो।

Logo