‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रि पछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न भएको छ ।

उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकीले द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय पुरस्कार प्राप्त गरे । नगद पुरस्कारको राशी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार प्राप्त गरे । साथै सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशनअनुसार टेक्निसियनहरु होण्डा स्ट्यान्डर्ड प्रोसिड्युअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्र बाट २/२ जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा संचालन गरिएको थियो ।

कम्पनीले विगत केहि वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाई छ ।

Logo