आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। आज (साेमबार) सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेकाे हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकाे थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Logo