एमजी मोटर्सको नयाँ वर्ष अफरमा ७ लाखसम्मको छुट

एमजी मोटर्सको नयाँ वर्ष अफरमा ७ लाखसम्मको छुट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको छ।

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता रहेको पारामाउन्ट मोटर्सले यो योजनाअन्तर्गत ७ लाखसम्मको नगद छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाइदाहरु लिन सक्ने कम्पनीले बताएको छ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्रान्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताले गर्दा लोकप्रियता कमाउदैँ आएको कम्पनीको दाबी छ।

३ सयभन्दा धेरै दक्ष इन्जिनियरले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु युरोपेली कानून र ग्राहकको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध रहेको कम्पनीको दाबी छ। यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइन बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनियरले गर्छन्।

अहिले नेपालमा एमजी४ ईभी, जेडएस ईभी र कोमेट ईभी गरी ३ विद्युतीय सवारी र हेक्टर, एचएस र एस्टर गरी ३ इन्धन/हाइब्रिड सवारीहरु उपलब्ध रहेको र यी सबै सवारीमा कम्पनीले फरकफरक अफरहरु उपलब्ध गराएको बताइएको छ।

कम्पनीका अनुसार एमजीका गाडीहरुमा अधिकतम ७ लाखको नगद छुटसँगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ ।

यो अफर देशैभरिका एमजीका २१ सोरुमहरुमा उपलब्ध हुने र ग्राहकले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

Logo