पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, लिटरको कति पुग्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, लिटरको कति पुग्यो

केन्द्रबिन्दु
294
Shares

काठमाडाैं। आज (मङ्गलबार) देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य वृद्धि भएको छ। मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको हो।

पहिलो वर्ग अन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २ रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेको हो।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६१ रुपैयाँ पुगेको छ। यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङ्का लागि १ सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

Logo