सेकेन्ड ह्याण्ड गाडीमा ग्राहकको आकर्षण घट्दो, सवारी बेचेर व्यवसायीलाई व्यवसाय धान्नै सकस

सेकेन्ड ह्याण्ड गाडीमा ग्राहकको आकर्षण घट्दो, सवारी बेचेर व्यवसायीलाई व्यवसाय धान्नै सकस


काठमाडौं । सेकेण्ड ह्याण्ड गाडीको व्यापार खस्किँदै गएपछि व्यवसायीहरूलाई व्यवसाय धान्न नै सकस हुन थालेको छ । उक्त गाडीको बिक्रीमा कमी आएसँगै व्यवसायीहरू अहिले अफ्ठ्यारो अवस्थाबाट चल्नु परेको हो । सेकेण्ड ह्याण्ड गाडीको खरिद बिक्रीमा कमी आएसँगै व्यवसाय संकटमा पर्ने हो की भन्ने चिन्ता व्यवसायीमा बढ्दै गएको देखिन्छ ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले सेकेण्ड ह्याण्ड गाडीको व्यापार अहिले ५० प्रतिशतले घटेको जानकारी दिए । उनका अनुसार बजार सुस्ताउँदा सेकेण्ड ह्याण्ड गाडीको व्यापारमा पनि असर पुगेको हो । ‘अहिले कुनै पनि ब्रान्डका सेकेण्ड ह्याण्ड गाडी ग्राहकले खासै रुचाएको पाइँदैन, यस्ता गाडी किन्नका लागि बुझ्न आउने ग्राहकको संख्या पनि कम छ, अहिले चार पाङ्ग्रे सेकेण्ड ह्याण्ड गाडी बिजनेसमा मन्दी छ,’ उनले भने ।

सेकेण्ड ह्याण्ड गाडीको खरिद बिक्रीमा कमी आएसँगै व्यवसाय संकटमा पर्ने हो की भन्ने चिन्ता व्यवसायीमा बढ्दै गएको देखिन्छ ।

पहिलाको तुलनामा अहिले सेकेण्ड ह्याण्ड चार पाङ्ग्रे गाडी मान्छे खोज्न आउनै छाडेको उनको भनाइ छ ।

विद्युतीय सवारीको आगमनले बजार लिँदै गएपछि सेकेण्ड ह्याण्ड गाडीको बिजनेसमा धक्का पुगेको हो । ‘बजारमा पेट्रोलियम भन्दा ईभीका सवारीहरू ग्राहकले रुचाएको पाइन्छ, सेकेण्ड ह्याण्ड गाडी पाउने मूल्यमै ईभी पाउन थालेपछि विद्युतलाई छाडेर सेकेण्ड ह्याण्ड गाडी किन्न आउँदैनन्,’ उनले भने ।

नयाँ गाडी पनि उल्लेख्य बिक्री हुन नसक्दा सेकेन्ड ह्याण्डको व्यापारमा असर पुगेको अधिकारीको ठम्याई छ । ‘अर्थतन्त्र चलायमान हुन नसक्दा त्यसको प्रत्यक्ष असर विभिन्न क्षेत्रमा परेको छ, अहिलेको सिनारियो हेर्दा मान्छेले सोही अनुसारको आम्दानी गरी खर्च गर्न सक्ने क्षमता देखिँदैन,’ उनले भने, ‘बैंकले पनि सेकेण्ड ह्याण्ड गाडीमा खर्च सहजै फाइनान्स गर्न नसक्दा समस्या आयो ।’

मान्छेको आम्दानी वृद्धि हुँदै गए अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको खण्डमा सेकेण्ड ह्याण्ड गाडीको बिजनेस लयमा फर्किने उनको धारणा छ ।

यस्तै, सेकेण्ड ह्याण्ड गाडी बिक्री गर्ने सवारी मोटर्सका सञ्चालक माधव रिजाल पनि पछिल्लो समय यस्ता गाडीको बिक्री दर घट्दै गएको बताउँछन् । सेकेण्ड ह्याण्ड गाडी बिक्रीमा कमी आउनुका साथै बिजनेस सुस्ताउँदै जाँदा व्यवसाय नै संकटमा पर्ने खतरा बढेको उनको भनाइ छ ।

सेकेण्ड ह्याण्ड गाडी बिक्रीमा कमी आउनुका साथै बिजनेस सुस्ताउँदै जाँदा व्यवसाय नै संकटमा पर्ने खतरा बढेको उनको भनाइ छ ।

‘देशको अर्थतन्त्रमा समस्या आउँदा त्यसको असर सबै क्षेत्रमा पुगेको छ, सेकेण्ड ह्याण्ड गाडी बिक्री गर्ने व्यवसायीलाई बजारमा कसरी टिक्ने भन्ने चिन्ता छ, ईभी गाडीको आगमनले पनि यस्ता गाडीको बिक्री दर घटेको छ,’ उनले भने ।

व्यवसायीलाई सेकेण्ड ह्याण्ड गाडीको व्यापारलाई टिकाउन गाह्रो परिरहेको रिजालले जानकारी दिए । उनका अनुसार व्यवसायीलाई सेकेण्ड ह्याण्ड कार लगायका सवारी बेचेर खर्च गर्नै धौधौ परेको छ । ‘अवस्था सहज आउने र बिस्तारै सेकेण्ड ह्याण्ड गाडी बिक्री बढी कारोबार पनि बढ्ने अपेक्षामा व्यवसायी छन्, पहिला महिनामै एउटा सेकेण्ड ह्याण्डको शोरुमबाट १४/१५ वटा गाडी बिक्री हुन्थ्यो, ‘उनले भने, ‘अहिले ४ वटा गाडी बिक्री गर्न पनि मुस्किल छ, अरूको हेरेर चित्त बुझाउनु परेको छ ।’

घर जग्गा, सेयर बजारको कारोबार अपेक्षाकृत नभएको कारण पनि गाडी बिक्रीमा कमी आएको रिजालको धारणा छ । ‘१०/१५ लाख रुपैयाँको सेकेण्ड ह्याण्ड गाडी चढ्ने साना व्यापारी, कर्मचारी तथा पैसा कम हुनेले हो, व्यापारीको व्यापार छैन, कर्मचारीका अवस्था त्यस्तै छ, ‘उनले भने, ‘मान्छेलाई अहिले घर कसरी चलाउने भन्ने तनाव भइरहेको बेलामा गाडी चढ्ने विषय त सोच्न पनि सक्दैनन् ।’

चार पाङ्ग्रेको मात्र नभई दुई पाङग्रे सवारीको अवस्था पनि उस्तै छ । दिनहुँ दुई पाङ्ग्रे सेकेण्ड ह्याण्ड सवारीको बिक्रीमा पनि कमी आएको व्यवसायीहरू बताउँछन् ।

ईभीका सवारीको आयात र बिक्रीमा वृद्धि भएसँगै सेकेण्ड ह्याण्ड इन्जिनका गाडी बेच्नेहरुलाई पनि समस्या सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । आर्थिक मन्दी, सहज बैंकिङ फाइनान्सको असुविधा, पेट्रोल तथा डिजेलको मूल्य उच्च बृद्धि भएको कारणले पनि सेकेण्ड ह्याण्ड चार पाङ्ग्रे गाडीमा मान्छेको आकर्षण घट्दै गएको हो ।

दुई पाङ्ग्रे सेकेण्ड ह्याण्डको पनि बिक्री घट्दो

चार पाङ्ग्रेको मात्र नभई दुई पाङग्रे सवारीको अवस्था पनि उस्तै छ । दिनहुँ दुई पाङ्ग्रे सेकेण्ड ह्याण्ड सवारीको बिक्रीमा पनि कमी आएको व्यवसायीहरू बताउँछन् । अहिलेको अवस्थामा दुई पाङ्ग्रे सेकेण्ड ह्याण्ड सवारीको बिक्री ५० प्रतिशतले घटेको नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष श्याम आचार्यले जानकारी दिए । उनका अनुसार दुई पाङग्रे सेकेण्ड ह्याण्ड सवारीका बिजनेस पनि धराशायी बन्दै गएको छ ।

‘दुई पाङ्ग्रे सवारी चढ्ने युवा शक्ति कक्षा १२ पास गर्ने बित्तिकै विदेश जाने प्रचलन बढ्दै गएको छ, केही गर्न सक्ने क्षमता भएका युवा अमेरिकालगायत मुलुक जाने र त्यहाँ नसके कतार मलेसिया जाने भएकाले बाइक चढ्ने जनशक्ति नहुँदा दुई पाङग्रे सेकेण्ड ह्याण्ड सवारीको बिक्रीमा कमी आएको हामीले ठम्याएका छौं,’ उनले भने ।

पहिला महिनामै २०/२५ वटा दुई पाङ्ग्रे सवारी बिक्री हुने ठाउँमा अहिले ८/९ वटा सवारी पनि बिक्री हुन छाडेको आचार्यले बताए । ‘जसको आम्दानी बढी छ, उसले नयाँ सवारी खरिद गरिहाल्छ, जसको आम्दानी न्यून छ, उसले सेकेण्ड ह्याण्ड सवारी लिन तर्फ अग्रसर हुन्छ, तर अहिले आम्दानीमा कमी आउँदा पनि सवारी किन्ने संख्या घटेको छ,’ उनले भने ।

यस्तै, रिकन्डिसन अटो वकशर्पका सञ्चालक बीएन ठाकुर मोटरसाइकल तथा स्कुटर चढ्ने मान्छे नहुँदा व्यापार पनि सुस्ताएको बताउँछन् । अहिले उनको सेकेण्ड ह्याण्ड बिक्री गर्ने दुई पाङग्रे सवारीको शोरुममा पनि अवस्था उस्तै छ । ‘अहिलेको अवस्थामा सेकेण्ड ह्याण्ड दुई पाङ्ग्रे सवारीको खरिद बिक्रीको अवस्था नाजुक छ, व्यापार हुन छाडेपछि साथीहरू पनि समस्यामा परेको देखिन्छ, सेकेण्ड ह्याण्ड मोटरसाइकलको व्यापार छैन’ उनले भने । मान्छेहरूसँग पैसा नहुँदा यसको माग घटेको उनको भनाइ छ ।

Skip This
Logo