टाटा मोटर्सले एक्सचेञ्ज कार्यक्रम आयोजना गर्दै

टाटा मोटर्सले एक्सचेञ्ज कार्यक्रम आयोजना गर्दै

केन्द्रबिन्दु
42
Shares

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् ।

यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले जनाएकाे छ ।

Logo