चिनियाँ स्टार्टअपमा सबैभन्दा धेरै गाडी बिक्री हुने ब्रान्ड बन्यो नेटा

चिनियाँ स्टार्टअपमा सबैभन्दा धेरै गाडी बिक्री हुने ब्रान्ड बन्यो नेटा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेहिकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी हुने ब्रान्ड बनेको छ । चीनका अन्य कम्पनीलाई पछि पार्दै नेटा स्टार्टअपमा सबैभन्दा बढी कार बिक्री हुने ब्रान्ड बन्न सफल भएको हो ।

इलेक्ट्रिक सवारी उत्पादन गर्ने उक्त कम्पनीका विभिन्न मोडलका गाडी विश्वका धेरै मुलुकमा निर्यात हुँदै आएका छन् । नेटाका गाडी विश्व बजारमा निकै लोकप्रिय रहेको पाइन्छ । कम्पनीले चार महिनामा (जनवरी देखि अप्रिल) सम्ममा विश्व बजारमा साढे १३ हजार बढी गाडी बिक्री गरेको छ ।

विश्व बजारमा भने सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनीमा बीवाईडी, दोस्रोमा टेस्ला, तेस्रो एसएआईसी र चौथोमा नेटा छ । नेपाली बजारमा पनि नेटा ईभी इलेक्ट्रिक कार उपलब्ध छन् । सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सले उक्त गाडी बिक्री गर्दै आएको नेटाका विभिन्न मोडल गाडीको उपस्थित नेपाली सडकमा पनि बाक्लो छ ।

Logo