मदिराले धानेको अर्थतन्त्र !

मदिराले धानेको अर्थतन्त्र !


काठमाडौं । नेपालीका लागि पछिल्लो समय निकै प्रिय बन्दै गएको छ ‘मदिरा’ । नशालु पदार्थको रूपमा लिइने मदिरा पेय पदार्थबाट बिस्तारै पानी सो सरह बन्दै गएको छ भन्दा फरक नपर्ला । किनभने बाहिर घुम्नको लागि होस् या साथीहरूलाई भेट्दा धेरै रौसीको आदत बनाई पिउन सुरु गरिसकेका हुन्छन् । मदिरा प्रेमीहरूको यस प्रतिको मोह त झनै लोभलाग्दो हुन्छ । जो रक्सीका लागि लाखौं रुपैयाँसम्म गुमाउनबाट पछि पर्दैनन् उपहारदेखि सजावटसम्मको प्रयोगमा रक्सीलाई नेपालीहरूले ट्रेन्ड रूपमा विकास गर्दै लागि राखेका छन् ।

मदिराको पारखीहरूको नयाँ-नयाँ ब्राण्डको टेस्ट गर्नु उनीहरूको आदत नै हो । यद्यपि अहिले बजारमा सबैका लागि उपयुक्त हुने मदिरा उपलब्ध हुँदा यसको सेवनबाट युवा पुस्ता पनि ब्याक हुँदैन । मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग र खपत बढ्दो क्रममा छ ।

बढ्दो आयातित पेयपदार्थबाट सरकारले पनि राम्रै राजश्व संकलन गरिरहेको छ । भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनासम्ममा अर्बौं रुपैयाँ राजश्व संकलन भएको देखाउँछ । विभागका अनुसार नेपालमा गैर अल्कोहल बियर, व्हिस्की, मदिराको लागि चाहिने कच्चा पदार्थ लगायतका विभिन्न नामक रक्सी उक्त मितिसम्ममा ३ अर्ब ३६ करोड १५ लाख ५४ हजार रुपैयाँ बराबरको ३८ लाख ४६ हजार ७२२ लिटर मदिरा आयात भएको छ ।

सो मूल्य बराबरको रक्सी लगायतका, कच्चा पदार्थ आयात हुँदा ४ अर्ब २० करोड ६४ लाख ९३ रुपैयाँ सरकारले राजश्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ । विभिन्न देशबाट आयात भएको फरकफरक ब्रान्डका रक्सीको भन्सार शुल्क पनि फरकफरक नै रहने निर्धारण भन्सार विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकमा सो महिनासम्म विभिन्न देशबाट २ अर्ब ३४ करोड २ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको रक्सी मात्रै आयात हुँदा सरकारले ३ अर्ब २५ करोड १२ लाख ९ हजारको राजश्व संकलन गरेको छ । विभागले उक्त मूल्य बराबरको ३२ लाख ६९ हजार ६१४ लिटर रक्सी आयात भए जानकारी दिएको छ ।

यस्तै, व्हिस्कीको कच्चा पदार्थ ब्राजिल, भारत, नेदरल्यान्ड, स्पेन, यूनाइटेड किंगडम लगायतका मुलुकबाट ९८ करोड १८ हजार ३६ हजार मूल्य बराबरको आयात भएको छ । विभागका अनुसार उक्त मूल्य बराबरको ४ लाख २३ हजार ९९१ लिटर मदिरा आयत भएको हो । जसबाट सरकारले ८६ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार गैरअल्कोहल बियर भारतबाट ३९ हजार १७२ लिटर आयात भएको छ । ७२ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको उक्त लिटर बियर आयात हुँदा सरकारले ५६ लाख ५९ हजार रुपैयाँको राजश्व संकलन गरेको छ । विभागले सार्वजनिक गरेको सो तथ्यांकले नेपालमा आयात भएको रक्सीबाट अर्थतन्त्रमा ठूलै योगदान पूर्याएको झल्काउँछ ।

मदिराका पारखीहरू विभिन्न नाममा आयोजना गरिने पार्टी तथा चाडपर्वमा मदिराको मौसम नै भएको अनुमान गरी सेवन गर्ने गर्छन् । नेपालीहरूको घरमै बनाइने लोकल रक्सी विश्वमै राम्रो मदिरा मानिन्छ । नेपालका स्थानीय तह लोकल रक्सी ब्रान्डिङ गर्न अग्रसर भएका छन् । तर, यसको ब्रान्डिङ गर्नबाट चुकीरहेका छन् । धनी वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रूपमा लिने गरेकाले पनि अन्तर्राष्ट्रिय बजारबाट ठुलो परिमाणमा मदिरा देशमा आयात हुने गरेको छ ।

मदिरा सेवन रोक्ने योजनामै रोक

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवस अवसर पारेर ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई कारबाही स्वरुप ‘ट्राफिक भोलेन्टियर’ खटाएको विषयले निकै चर्चा पयो । भोलेन्टियरमा गाडी ओभर ट्याक गर्ने, स्पिड बढीदेखि मापसे लगायतका क्रियाकलाप गरी कारबाहीमा पर्नेहरू चोक चोकमा बसेर ट्राफिक पनि सघाएका दृश्यहरू सामाजिक सञ्जालमा निकै भाइरल बने ।

मदिराको लतमा फसेकाहरू बेलुका रेस्टुरेन्ट पुगि हल्का चुस्कि लगाएर सवारी चलाई फर्किनेहरूको लागि यो नियम निकै घाँडो बनिसकेको थियो । यसैबीच सर्वोच्च अदालतले लामिछानेको यो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ट्राफिकलाई सघाउनेमा अधिकांश स्वयंसेवक मापसे गरी सवारी हाँक्ने थिए । यो नियम मदिरा सेवन गर्नमा कमी ल्याउने एउटा उत्तम विधि थियो । किनभने महंगा मदिरा पिएर साझको समयमा प्राय हुने खाने वर्ग नै कारमा हुइँकिन्थ्यो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे गरेर सवारी चलाउने चालकले एक हजार रुपैयाँको जरिवाना भर्नुपर्ने साथै सचेतनाको कक्षा लिनुपर्ने हुन्छ । यद्यपि यो नयाँ नियम लागू भएपछि एक हजार जरिवाना, आद्या घण्टाको कक्षा र सो समय जति नै चोकमा भोलेन्टियरको भूमिकामा खटिनु पर्ने हुन्थ्र्यो । भोलेन्टियर बस्नु पर्ने डरले धेरै सवारी चालकहरू सतर्क भई रक्सीका पिउन नै छाडिसकेका थिए । तर, सर्वोच्च बाधक बन्यो ।

ट्राफिक प्रहरीले मापसेबाट जरिवाना स्वरुप वार्षिक करोडौं रुपैयाँ रकम संकलन गर्दै आएको विभिन्न तथ्यांकले देखाउँछ । मदिराको विज्ञापन गर्नमा रोक लगाइएता पनि रक्सीको खपत र आयातमा कुनै असर पुगेको देखिँदैन । किनभने मदिराको आयात महिनैपिच्छे बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।

युवामा रक्सीको मोह बढ्दो

अहिले मदिरा खोज्न धेरै टाढा जानु पर्दैन । घरबाट निस्कने बित्तिकै खाद्यान्नका पसलभन्दा बढी मदिराका दोकान छन् । सो पसलमा प्राय युवादेखि वृद्धसम्मको उमेर मदिरा खरिद गर्नेको लाइन बस्ने गर्छन् । पछिल्लो समय युवा पुस्ताले मदिरामा निकै कब्जा जमाएको पाइन्छ । पार्टीदेखि घरसम्म रक्सीले बढावा पाइराख्दा यसको प्रत्यक्ष प्रभाव युवा पुस्तामा पर्दै गएको हो । २० वर्षदेखि माथिका उमेर समूहका अधिकांश मान्छेहरूलाई रक्सीको लत लागिसकेको छ ।

रक्सी सानै उमेरबाट पिउन सुरु गर्दा त्यसले मानसिक स्वास्थ्यमा पनि असर साथै उमेर बढ्दै जाँदा रक्सीको दुरुपयोगको खतरा बढ्ने चिकित्सकहरू बनाउँदै आएका हुन्छन् । तर, त्यसको प्रवाह नगरी नशासँग युवाहरुको प्रेम गाढा हुँदै गएको छ । पछिल्लो समय उपहारमा रक्सी दिने तथा घरमा पनि मदिरा राखी सेवन गर्ने ट्रेन्ड बढ्दै जाँदा माग पनि बढ्दै गएको व्यवसायीहरू बताउँछन् । रक्सी व्यापारी रमेश अधिकारी महँगा रक्सीको माग बजारमा बढ्दो नै रहेको बताउँछन् ।

‘म रक्सीको डिलर चलाउँछु, यहाँबाट काठमाडौंका धेरै पसलहरूमा रक्सी पुग्छ, तुलनात्मक रूपमा यसको व्यापार घटेको जस्तो मलाई लाग्दैन । किनभने यसको माग दिन प्रतिदिन बढ्दो छ, यद्यपि युवा विदेशिँदा रक्सी व्यवसायमा पनि त्यसको असर मैले महशुस गरेको छु,’ उनले भने ।

पेय पदार्थ ५० रुपैयाँदेखि लाखौं रुपैयाँ मूल्यसम्मका उपलब्ध रहेको बताउँदै अधिकारीले उमेर समूह अनुसार रक्सी खाने तरिका पनि फरक रहेको बताए । यस्तै रक्सी व्यापारी मोहन श्रेष्ठले महँगा रक्सी सोही अनुसारको आम्दानीको स्रोत हुने र र बियर, क्यान आदि जस्ता रक्सीमा युवाको रोजाइमा पर्ने बताए । ‘रक्सी धेरै युवाका बीच प्रिय छ, पसलमा हरेक उमेर समूहका रक्सी लिन आउँछन्, विदेशी ब्रान्ड तथा स्वदेशी रक्सी खोज्नेको संख्यामा कमी छैन,’ उनले भने ।

Logo