आज सुनको मूल्य ५०० सयले घट्यो

आज सुनको मूल्य ५०० सयले घट्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Logo